जलेश्वर नगरपालिकाले पर्यटन प्रवर्दनका लागि साता व्यापि संसारी माई महापुजा महोत्सव गर्दै

शेयर गर्नुहोस्

महोत्तरी– जलेश्वर नगरपालिकाले पर्यटन प्रवर्दनका गर्ने उदेश्यका साथ साता व्यापि संसारी माई महापुजा गर्ने भएको छ ।
आउदो जेष्ठ १९ गते देखि २६ गते सम्म श्री संसारी माईमा महापुजा हुनेछ । वर्षौं पहिले देखि लाग्दै आएको यस माई पुजामा नेपाल तथा छिमेकी मुलुक भारतबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने गरेको जनाईएको छ । यस महापुजाको आयोजना गर्नुको मुख्य उदेश्य नगरपालिकामा आन्तरिक तथा बाईहे पर्यटकलाई आकर्षित गरि पर्यटन बृद्धि गर्ने रहेको नगरपालिका प्रमुख सुरेश साह सोनारले बताउनुभयो ।

पुजाका सम्पूर्ण तयारी सम्पन्न भईरहेको र दर्शनमा आउने श्रद्धालु भक्तजन हरुका लागि कुनै पनि समस्या नहोस भन्ने ध्ययका साथ टोल फ्रि नम्बर १६६०२७५२१२३, नागरिक सहायता कक्षको समेत व्यावस्था गरेको छ । यस्तै, महापुजा कार्यक्रममा भारतका प्रशिद्ध सहरका खेल तमासा पनि प्रदर्शन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले माई महापुजामा उपस्थित भई दर्शनगरि आफ्नो मनोकांक्षा पुरा गर्न साथै नगरपालिकाको विकास सहयोग गर्न पनि अनुरोध गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु