सोलुखुम्बुको देउसामा ५२ वर्षीय एक महिलाको हत्या

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सुचना अधिकारी राम किशोर शाहका अनुसार गएराति करिब ९ बजेको समयमा राईको अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हो ।

हत्या गरिएको महिलाको शब अर्धनग्र अवस्थामा भेटिएको वडा सदस्य सरिता राईले बताउनुभयो । । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागी तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु