थुलुङ दुधकोशी ६ मुक्लिद्धारा नागरिक ( जनता) र जनप्रतिनिधिबीच समसामयिक विषयमाथी एक विचार विमर्श ग¥यो

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिले नागरिक ( जनता) र जनप्रतिनिधिबीच समसामयिक विषयमाथी एक विचार विमर्श कार्यक्रम गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लि घर भई हाल काठ्माडौँमा विभिन्न क्षेत्रमा कृयाशिल, पेशा, व्यावसायमा आबद्ध भएका नागरिकसँग गाउँपालिका प्रमख असिम राई, उपप्रमुख सविता राई उपस्थितिमा जनप्रतिनीधिहरुसँग भेटघाट तथा अन्तरकृया गरिएको छ ।

विहिबार भएको कार्यक्रममा बजार व्यवस्थापन, व्यवसायीक प्रयोगमा समेत मिल्ने वस्ती ( भवन ) निर्माण एवं विस्तार, शैक्षिक सुधार लगाएत समृद्ध वडा बनाउने विषयमा गहनरुमा छलफल तथा अन्तरकृया गरिएको वडा अध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित जनप्रतिनीधि तथा सरोकारवाला सम्पूर्णले आफ्नो ह्राय सल्लाह राखेका थिए । कार्यक्रममा संविधान सभा सभासद गोकर्ण राई, नेपाली काँग्रेसका निवर्तमान सभापति विनोद कुमार बस्नेत, समाजसेवी एवं व्यबसायी बलराम गुरुङ, जीवन गुरुङ ,शाखा अधिकृत दिनेश कुमार राई, नि. प्रमुख प्रशासकीय अधिकृत खरिधन राई, कार्यपालिका सदस्य बुद्दिराज राई, नेपाली काँग्रेस थुलुङ सभापति भक्त ब गुरुङ , माओवादी केन्द्रका पालिका काठमाडौ सम्पर्क अध्यक्ष बिनोदमणी राई,मुक्ली काठमाडौ सेवा समाज अध्यक्ष धनकुमार राई ,श्रमिक संघ केन्द्रिय उपाध्यक्ष दुर्गा नौबाघ लगायत वडाबासिहरुको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु