सोलुखुम्बुः माप्यमा भिरबाट लडेर एक जनाको ज्यान गयो

शेयर गर्नुहोस्

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ४ मा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नं. ४ देप्कु निवासी ६४ वर्षीय जस बहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मंगलबार जंगलमा गाईबस्तु चराउन गएका राई भिरबाट करिब ४०० मिटर तल लडेर खसेका हुन् । राईको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु