सहयोगको याचना

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं ५ काँकु ओदु निवासी पूर्ण बहादुर राई (तिलु)का ४३ वर्षीया श्रीमति तारा राईको छातीमा गम्भिर घाउदेखि पछि उपचारको लागि सहयोगको लागि याचना गरिएको छ ।

उनको आर्थिक कम्जोर भएको र उनको उपचार जिल्ला अस्पताल फाप्लुमा सम्भव नभएकाले काठ्माडौ लानु पर्ने अवस्था भएको कारण सहयोगको अपिल गरिएको हो ।

अहिले आफ्ना आफन्त र स्थानियहरुको केही सहयोगले काठ्माडौ लगिएको भएपनि नाजुक आर्थिकका कारण उनको उपचारमा सहजता नभएको उनका भतिज प्रविण राईले बताए ।

तपाई हाम्रो सानो सहयोगले ताराले यो उज्यालो संसार देख्न पाउने छन् । त्यसैले मनका धनी व्यक्तिहरुले बिरामी तारालाई सहयोग गर्न चहानुहुन्छ भने उनका भतिज प्रविण राईलाई ९८६२७९७०५१ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।

विरामी यस्तो अवस्थामा रहेकी छिन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु