काँगेलबाट १४ जना मोतिविन्दुका बिरामी छनौट

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलबाट १४ जना मोतिविन्दु भएका विरामी छनौट गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा सोमबार काँगेल स्वास्थ्य चौकीमा भएको शिविरमा ७५ जनाको आँखा जाँच तथा परिक्षण गरिएको हो ।

छनौट हुनेहरुमा ६ जना पूरुष र ८ जना महिाला रहेको जिल्ला सामुदायिक आँखा केन्द्रका आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

आगामी वैशाख २९ गते सम्म सञ्चालन हुने छनौट शिविरमा जुभिङ,काँकु, वाकु, पावै, छेस्काम, गुदेल, लोखिमको शिविरबाट ४८ जनाको छनौट गरिएको छ । यस्तै, बैशाख २० गते केरुङ स्वास्थ्य चौकी, २१ गते गोराखानी स्वास्थ्य चौकी, २२ गते नेचाबेतघारी र २८ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा छनौट शिविर हुने केन्द्रले जनाएको छ ।

छनौट भएका मोतिविन्दुका विरामीहरुलाई वैशाख ३० गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा तिलगंगा आँखा अस्पतालका विषेशज्ञहरुद्वारा शल्यकृया शिविर आयोजना गरिने जनाइएको छ ।

छनौट शिविर आँखा केन्द्र प्रमुख विधान ताम्राकारको नेतृत्वमा आँखा कार्यकर्ता दिनेश राई लगाएको टोलिले गरिरहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु