केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सोलुबाट ३ जना खेलाडी छनौट

शेयर गर्नुहोस्

सोलुखुम्बु ः कोशी प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट सोलुखुम्बुका ३ जना खेलाडी छनोट भएका छन । बैशाख ११ देखि १३ गतेसम्म इटहरीमा आयोजित छनोट खेलमा छात्रा भलिबलतर्फ माप्यदुधकोशी गाउपालिकाकी कुसुम राई , कबड्डिमा माप्यदुधकोशी कै तविता राई, र उसुमा थुलुङ दुधकोसीबाट सम्झना राई छनोटमा परेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यालय प्रमुख नेत्र घिमिरेले बताउनुभयो ।

छनोटमा परेका तीनै जनाले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । कोशी प्रदेशको १४ वटा जिल्लाबाट छनोट भएका १ सय ११ जना खेलाडी छनौट भएका छन् । यस्तै, सम्मन्न कोशी प्रदेश स्तरिय प्रतियोगितामा सोलुखुम्बुले भलिबल छात्रातर्फ कास्य १, छात्रको एथलेटिक्स तर्फ २ कास्य र मार्सल आर्टतर्फ २ छात्रा र १ छात्रले ३ कास्य जितेका छन भने १ जना छात्राले १ रजत जितेका छन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा हुने केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ । उक्त प्रतियोगितामा एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् । जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता अन्तर्गत एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु