हिमपहिरोमा परी बेपत्ता सोलुका अमृत राई ५ दिनपछि मृत भेटिए

शेयर गर्नुहोस्

सोलुखुम्बु– म्याग्दी जिल्लाको धौलागिरि हिमालमा हिमपहिरोमापरी बेपत्ता सोलुुका एक युवक ५ दिनपछि मृत भेटिएका छन् ।

गत शुक्रबार धौलागिरी आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा हिमपहिरामा परि सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु फुलेलीका २० वर्षीय अमृत राई भएका थिए । उनको खोजतलाजको क्रममा मंगलबार मृत भेटिएका हुन् ।

उनीसँगै हिमपरोमा सोलु फुलेलीका ३ जना हिमपहिरोमा परेका थिए । दुर्घटनामा परेका धिरज राई र अर्जुन राईलाई भने शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेका थिए ।
मृतक राईको बुधबार पशुपतीमा अन्त्यष्टि गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु