महाकुलुङमा योगदान राष्ट्रका लागि संस्थाले निःशुल्क प्राथमिक उपचार तालिम दिँदै

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको महाकुलुङ गाउँपालिकामा योगदान राष्ट्रका लागि नामक संस्था सोलुखुम्बुले दुई दिने निःशुल्क प्राथमिक उपचार तालिम दिने भएको छ ।

महाकुलुङ गाउँपालिकाको सहयोगमा आगामी बैशाख २९ र ३० गतेका दिन गाउँपालिकाको सभाहल बुङ्गमा तालिम दिने भएको संस्थाले जनाएको छ ।

तालिम ग्रामिन क्षेत्रमा कोही कसैलाई केही भर्इंहालेमा वा सामान्य किसिमको विरामी समस्या भएमा प्रामिक उपचार कसरी गर्ने भन्ने ज्ञान कमि हुने गरेको र सो कुराको कमि नहोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
यस संस्थाले जिल्लामा शैक्षिक तथा सामाजिक विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु