फुट्सलको उपाधीसँगै प्रतिबन्ध

शेयर गर्नुहोस्

सोलुखुम्बु– युथ फर नेशन स्पोतर्टस् क्लव देउसाले वयाँ वर्ष २०८०को सुअवसरमा आयोजना गरेको फाइभ ए साइड फुटसल खेलको जुबुले उचालेको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा क्लवले बैशाख ८ गते दखि १२ गते सम्म संचालन भएको खेलमा जुबुले उपाधीचुमेसँगै खेल अनुुशासनको उल्लंघन गरेको भन्दै युथ फर नेशन स्पार्टस् क्वलको आगामी दिनमा आयोजना गर्ने खेल तथा सोलुदुधकुण्ड नगरपालिका क्षेत्र भित्र संचालन हुने खेलमा कही पनि सहभागिता जनाउन नपाउने गरि प्रतिबन्ध गरिएको जिल्ला फुटबल एम्पाएर सोनाम ग्याल्जेन शेर्पाले बताउनु भयो ।

खेलको समयमा एम्पाएर र प्रतिस्पधी खेलाडीहरुलाई अपसब्द गालिगलोज र धम्की दिइ खेललाई अमर्यादित बनाएको कारण प्रतिबन्ध गरिएको रेफ्रि शेर्पाले बताउनु भयो ।

सम्पन्न खेलमा सोलुखुम्बु र खोटाङका गरि जम्मा १७ टिमको सहभागीता रहेको थियो । जस्मा जुबुले फाइनल खेलमा ऐसेलुखर्कलाई पछि पार्दै ५० हजार नगद सहित उपाधी उचालेको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु