चट्याङले सोलु गार्माका शेर्पा घाईते

शेयर गर्नुहोस्

सोलुखुम्बु- शुक्रबार साँझ हावाहुरीसंगै परेको चट्याङले  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका  २२ वर्षीय रिन्जी फुर्वा शेर्पा घाईते भएको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार  शुक्रबार साँझ अन्दाजी ५ बजेको समयमा घर नजिकै परेको चट्याङ लागेर शेर्पा घाईते भएका हुन् ।

चट्याङका कारण बेहोस भएका शेर्पाको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।अस्पताल श्रोतका अनुसार शेर्पा खतरा मुक्त रहेकाछन  ।


शेयर गर्नुहोस्

अन्य खबरहरु