कोकोमेन्दो तामाङ समाजले अग्नी पिडितलाई संकलित रकम प्रदान गर्‍यो

शेयर गर्नुहोस्

सोलुखुम्बु- कोकोमेन्दो तामाङ सेवा समाज सल्लेरी सोलुखुम्बुले अग्निपिडितलाई आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको छ । समाजले गत माघ २९ गते दिउँसो भएको आगलागीमा घर गुमाएका बुद्धराज तामाङसहित ३ परिवारलाई ३ लाख ४९ हजार ६५५ रुपैयाँ संकलित सहयोग रकम आज शुक्रबार हस्तान्तरण गरिएको हो ।

संकलित सहयोग रकम घरसहित सबै धनमाल गुमाएका बुद्धराज तामाङलाई २ लाख ९९ हजार ६५५, आंशिक क्षति भएका ल्हाक्पा तामाङलाई ४० हजार र जित बहादुर तामाङलाई १० हजार हस्तान्तरण गरिएको समाजका अध्यक्ष सनी तामाङले बताउनु भयो ।

घटना भएदेखि नै समाजसेवी सारदा माया तामाङसहित समाजका सदस्यहरुले सुरु गरेको आर्थिक संकलन अभियानमा जिल्लाका विभिन्न व्यक्तिहरुले स्वच्छिक सहयोग गरेको बताइएको छ ।

जसबाट पीडितलाई सामान्य भएपनि राहत पुग्ने कोकोमेन्दो तामाङ सेवा समाजले विश्वास लिएको छ । विद्युत सर्ट भएर सुरु भएको आगोले बुद्धराजको घरसहित सबै धनमाल जलेर नष्ट हुँदा २७ लाख बराबरको क्षति भएको थियो भने नजिकै रहेको अन्य घरमा समेत आंशिक क्षति पुगेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु