प्रधानमन्त्रीविरुद्ध नारालाउने सोलुका बस्नेत कारागार चलान

शेयर गर्नुहोस्

सोलुखुम्बु- प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका सोलुखुम्बुका उद्धव बस्नेतसहित ३ जना कारागार चलान भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ४ का २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरुलाई काठमाण्डौँको डिल्ली बजार कारागार चलान गरिएको बताए। ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु