ओखलढुङ्गामा मुख्यमन्त्री कार्कीलाई कालो झण्ड र गाडीमा तोडफोड प्रयास

शेयर गर्नुहोस्

ओखलढुङ्गा— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ । सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् ।

कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए । कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत विभिन्न पहिचानवादी संघ संस्थाहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो ।

कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु