नेपाल शिक्षक संघ सोलुको अध्यक्षमा राई भारीमतका साथ विजयी

शेयर गर्नुहोस्

सोलुखुम्बु- नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला समितिको अध्यक्षमा मदनकुमार राई निर्वाचित हुनुभएको छ ।

सल्लेरिमा शनिबार सम्पन्न निर्वाचनमा राईले २ सय ८४ मत प्राप्त गरेर अत्याधिक मतका साथ विजयी हुनुभेको हो  ।

राईले निकटतम प्रतिस्पर्धी महाप्रसाद फुयाललाई १ सय ३  मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । पराजित भएका फुयालले १ सय ८१ मत प्राप्त गर्नु भएको थियो । जिल्लाभर कुल ७ सय १ जना सदस्य रहेपनी अधिबेशनमा ४ सय ६७ जनाको मात्र सहभागिता रहेको थियो ।

नेपाल शिक्षक संघ नेपाली काङ्ग्रेस निकट शिक्षकहरुको हकहितमा कामगर्ने साझा शुभेच्छुक संस्था हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु