उच्च जि.पि.ए. ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने थुलुङ दुधकोशीको घोषणा

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक सत्र २०७९ को एस.ई.ई.परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषण गरेको छ ।

बुधबार बसेको गाउँपालिकाको अध्यक्ष स्तरिय बैठकले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भई ४ जि.पि.ए. ल्याउनेलाई १ लाख तथा ३.६ देखि ४ जिपिए सम्म ल्याउने प्रति विद्यार्थीलाई २५ बजार रुपैयाँ नगद सहित पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

विद्यार्थीहरुको मनोबल बुद्धि गर्दै शैक्षिक गुणस्तर बुद्धि होस् भन्ने उदेश्यले उच्च अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बहुप्राबिधिक शिक्षालय कृषिबालि विज्ञान, लगायतका कक्षा संचालन गरिरहेको छ ।

शैक्षिक गुणस्तर बुद्धिकालागि प्राधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु