सल्यानमा वडाध्यक्षले योजना अन्यत्र सार्न खोजेको भन्दै स्थानिय आक्रोसित

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको नेचासल्यान २ मा बन्दै गरेको सामूदायिक भवनका लागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यत्र खर्च गर्ने भएपछी स्थानिय आक्रोसित बनेका छन् । सल्यान केउरेनिमा निर्माणाधिन सामूदायिक भवनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडा अध्यक्ष सिताराम काफ्लेको नेतृत्वमा अन्यत्र सार्न खोजेपछी स्थानिय रुष्ट बनेका हुन ।

आफ्नो गाउँका लागि आएको बजेट अन्यत्र जाने भएपछी आफुहरु आक्रोसित बनेको स्थानिय शिक्षक राजु निरौलाले गुनासो गर्नुभयो । उहाँका अनुसार केउरेनिमा बन्दै गरेको भवनलाइ अलपत्र पारेर छुट्टिए रकम वडा अध्यक्ष काफ्लेले अर्कै ठाउँमा सिफारिस गरेका कारण समस्या भएको छ ।
प्रदेश सरकारबाट बिनियोजित रकम जग्गानै नभएको ठाउँमा अर्को सामूदायिक भवन बनाउन २ नम्बर वडाकार्यालयले सम्झौताको लागि शहरी बिकास तथा भवन कार्यालय ओखलढुंगालाई सिफारिस गरेपछी केउरेनीका स्थानिय आक्रोसित भएका हुन् ।

आफ्नो ठाउँको सामूदायिक भवनको लागि बिनियोजित रकम अन्यत्र लैजान खोजेपछी केउरेनिवासीले अहिले गाँउपालिकाका जनप्रतिनीधिलाई सामाजिक संजाल र फोनबाट बिरोध जनाएका छन् । वडा अध्यक्षको कदमप्रति वडाबासीहरु आक्रोसित भएका छन् ।

योजना सारिएको विषयमा गाउपालिका अध्यक्ष राई भने वडाले निर्णयगरि सिफारिस् गरेको र पालिकाले सोही अनुसार सिफारिस गरेको बताउनुभयो । साथै यसबारे आफ्नो कुनै संलग्नता नरहेको र यसरी जनताको हित विपरित कार्यहुनु राम्रो नभएको पनि बताउनुभयो । यता वडा अध्यक्ष काफ्ले भने योजना स्थानान्तरण हुनुमा आफ्नो इच्छा नभई करकाप र दबाबमा गर्न लगाईएको बताउनु भयो । सो वडा नेपाली काँग्रेसा केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि बल बहादुर केसीको समेत वडा हो ।

यस्तै, योजना स्थानान्तरणको विषयमा भने शहरी बिकास तथा भवन कार्यालय ओखलढुंगाका निमित्त प्रमुख अनुज श्रेष्ठले योजनाको आफ्नै जग्गा नभएको ठाउँमा भवन निर्माणका लागि योजना ल्याएकाले सम्झौता हुन नसकेको बताउनुभयो । उहाँले योजना वडा र गाउँपालिकाको सिफारिसमा संचालन गर्ने भएपनि योजनाको भवन निजी जग्गामा नभई योजनाकै जग्गा आवस्यक पर्ने भएकोले सम्झौता हुन नसकेको पनि बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु