सोलुदुधकुण्ड युथ क्लवलाई ५० हजार बराबरको खेलकुद सामाग्री प्राप्त

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुदुधकुण्ड युथ क्लवलाई ५० हजार बराबरको खेलकुद सामाग्री प्राप्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका ५ निवासी हाल अमेरिका न्युयोर्कस्थित युनाइटेड शेर्पा फुटबल क्लबका प्रशिक्षक कर्मा शेर्पाले फुटबल प्रशिक्षणका अवश्यक सामाग्री उपलब्ध गराउनु भएको क्लवका अध्यक्ष छितिज मोक्तानले बताउनुभयो ।

सोमबार उक्त सामाग्री शेर्पाका बुबा रिन्जी शेर्पा र आमा पेमा शेर्पाले क्लवका अध्यक्ष छितिज मोक्तानलाई हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै शेर्पाका आमा पेमा शेर्पाले क्लवको सफलताको कामना गर्नुभयो साथै उहाँले जिल्लामा पछिल्लो समयमा फुटबल खेलको विकासमा क्लवको अतुलनिय भुमिका रहेको बताउनु भयो ।

सल्लेरीमा विगत ३ महिना देखि फुटबल खेलको प्रशिक्षण गराइरहेको क्लवलाई शेर्पाले प्रशिक्षण आवश्यक पर्ने सामग्रीहरू फुटबल ६ थान, ल्याडर २ थान, फुटबल बिप्स १६ थान, पिरामिड मार्क कोण १२ थान र प्लेट मार्क कोण २० थान सहयोग गर्नु भएको हो ।

सहयोग प्राप्त भएपछि क्लवका अध्यक्ष मोक्तानले खुसिव्यक्त गर्दै, यसरी सहयोग प्राप्त हुँदा आफूलाई हौसला मिलेको भन्दै अन्यसँग पनि सहयोगको अपिल गर्नु भयो । क्लवले ५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई फुटबल खेलको प्रशिक्षण दिइरहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु