सोलुखुम्बु; फरार एक प्रतिवादी पक्राउ गरि कारागार चलान

शेयर गर्नुहोस्

सोलुखुम्बु– बहुविवाह मुद्धामा फरार रहेका महाकुलुङ गाउँपालिका २ का ३८ वर्षिय टिकाराम कुलुङ भन्ने टिकाराम राईलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ ।

गाउँमै लुकीछिपी बसिरहेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुले जनाएको छ ।

बुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कानूनी कारवाहीको लागि जिल्ला अदालत सल्लेरी सोलुखुम्बुमा दाखिला गरेको थियो ।
प्रहरीका अनुसार उनलाई १ वर्ष कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु