उदयपुरमा घर आगलागी, २ बालबालिकाको ज्यान गयो

शेयर गर्नुहोस्

उदयपुर– उदयपुरको रौतामाई गाउँपालिका ८ पाखाटोलमा बिद्युत सट भई घर आगलागी हुँदा २ बालबालिकाको ज्यान गएको छ ।

स्थानीय रामबहादुर मगरको ढुङ्गामाटो र टिनको छाना भएको २ तले घरमा शुक्रबार बेलुका आगलागी हुँदा उनका ६ बर्षकी छोरी जस्मिन र २ बर्षको छोरा रोजन मगरको जलेर मृत्यु प्रहरीले जनाएको छ ।

आगो प्रहरी र स्थानीयबासीको सहयोगमा करीब एक घण्टा पछि नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामाग्री समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु