माप्य अध्यक्ष राईद्धारा सांस्कृतिक महादेव पार्कको शिल्यान्यास

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ बासामा सांस्कृतिक महादेव पार्कको शिल्यान्यास गरिएको छ ।

शनिबार गाउँपालिका अध्यक्ष बुद्धि किरन राईले एक कार्यक्रमकाबीच शिल्यान्यास गर्नुभएको हो ।
गाउँपालिकाको ८५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको पार्कको डिपिआर तयारपारी सकिएको छ । पार्कमा महादेव पार्कमा भगवान शिवको मन्दिर निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
पार्क निर्माणको लागि गाउँपालिकाले पहिलो चालु आर्थिक वर्ष ७९-८० मा २० लाख रकम बिनियोजन गरेको छ ।

गाउँपालिकाको आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आर्थिक उपार्जनसँग जोड्ने तथा गाउँपालिकाभित्र रहेका बिभिन्न जातजातीको धर्म संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले सो पार्क निर्माण गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।

दुई वर्ष भित्रमा पार्क निर्माण सम्पन्न गर्नेगरि काम सुरु गरिएको वडा अध्यक्ष अमित राईले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु