टाक्सिन्दुका शिक्षक र विद्यार्थीलाई शैक्षिक सामाग्री र ज्याकेट वितरण

शेयर गर्नुहोस्

प्रदिप खालिङ/सोलुखुम्बु ।

सोलुखुम्बु – सोलु दुधकुन्ड नगरपालिका १ टाक्सिन्दुमा

सेन्डुप थर्लिङ गुम्बा र टाक्सिन्दु माध्यामिक बिद्यालयका शिक्षक र विद्यार्थीलाई शैक्षिक सामग्री र ज्याकेट वितरण गरिएको छ ।

आइसल्याण्डका नागरिकको आर्थिक सहयोगमा समाजसेबि तेन्डि शेर्पाले गुम्बाका ७० जना शिक्षक तथा लामाहरु र टाक्सिन्दु माध्यामिक बिध्यालयका २० जना शिक्षकहरुलाई  ज्याकेट प्रदान गर्नु भएको हो । साथै उक्त बिध्यालयमा अध्ययनरत २०८ जना बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको  शेर्पाले अताउनु  भयो ।

टाक्सिन्दुका समाजसेबि शेर्पाले आफ्नै गाउँ शैक्षिक क्षेत्र र अध्ययनरत बिध्यार्थिहरुको शैक्षिक भबिस्यको राम्रो उन्नति होस भन्ने अपेक्षाले यो बितरण गरिएको शेर्पाले बताउनु भयो ।

आइसल्याण्डमा रहनु भएका तेन्डि शेर्पाको पर्यटकिय नागरिक साथिहरुको  सहयोग र  शेर्पाको बिशेष पहलमा५ लाख बराबरको सामाग्री वितरण गरिएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु