चिशंखुगढीमा बोलेरो दुर्घटना, २ को मृत्यु

शेयर गर्नुहोस्


ओखलढुङ्गा– चिशंखुगढी गाँउपालिकाको वडा नं. ३ दियालेमा बोलेरो जीप दुर्घटनामा परेको छ ।

आईतबार चिशंखुगढी ३ दियाले बाट यात्रु लिएर ओखलढुङ्गा तर्फ आउदै गरेको बोलेरो विहान ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पुष्टि गरेको छ । बोलेरोमा १० जना सवार रहेको र केहिको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

दुर्घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक देवेन्द्र दासको नेतृत्वमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।
दुर्घटनाको पुष्टि गर्दै चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले घाइतेहरूको उद्दार कार्य जारी रहेको जानकारी दिनुभयो ।

घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु