सल्लेरीमा कुसन तथा खेलौना निर्माण सम्बन्धि १५ दिने तालिम सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– सल्लेरीमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कुसन तथा खेलौना निर्माण सम्बन्धी १५ दिने तालिमसुरु भएको छ । आईतबारबाट सुरुभएको तालिममा सोलुदुधकुण्ड नगरपालिका ६ भित्रका २२ जना महिलाहरुको सहभागिता रहेको छ ।

युवा उद्यमशिलता तथा औद्योगिक जनशक्ति विकास कार्यक्रम अन्र्तगत वडाभित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

तालिमको प्रशिक्षण घरेलु तथा साना उद्योग कार्यालयकी तालिम प्रशिक्षक रोजिना लामिछानेले गरिरहनुभएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु