तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधी ओखल्ढुङ्गालाई

शेयर गर्नुहोस्


सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी ओखल्ढुङ्गाले उचालेको छ ।

सदरमुकाम खाँदबारीमा माघ १८ गतेबाट सुरुभएको प्रदेश नं १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा भोजपुरलाई पछिपार्दै उपाधी उचालेको हो ।

सूर्य आवसीय माध्यमिक विद्यालय खाँदबारीले आयोजना गरेको खेलमा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ को साथमा दुई सय १० तोला चाँदीको ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेताले रु ५५ हजार, तेस्रो हुने टिमले रु ३३ हजार र सान्तवना हुने टिमले रु ११ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रादान गरिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु