सोलुखुम्बु: बाईक दुर्घटना एकको ज्यान गयो

शेयर गर्नुहोस्

सोलुखुम्बु – सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका ४ का २१ वर्षीय हेम कुमार राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज (मंगलबार) दिउँसो १२ः२० बजे माप्यदुधकोशी ४ को काँकुबाट बासा जाँदै गरेको बा.४४ प २६१९ नम्बरको पल्सर मोटरसाईकल रमिते डाँडामा दुर्घटना हुँदा राईको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाईते भएका राईको प्राथमिक अस्पताल खास्तावमा उपचारको क्रममा आज दिउँसो १२ः५० बजे ज्यान गएको प्रहरीले जनाएको छ । उनको शरिरमा बाहिरी चोट भने नदेखिएको बताइएको छ ।

मापसे गरेर सवारी चलाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु