खोटाङ; भिरबाट लडेर गुरुङको ज्यान गयो

शेयर गर्नुहोस्

सोलुखुम्बु –भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार ज्यान गुमाउनेमा जिल्लाको रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय वीर्खबहादुर गुरुङ रहेका छन् ।

शुक्रबार बेलुका घर नजिकैको भिरबाट लडेर भिरबाट करिब दुई सयमिटर तल लडेर गम्भीर घाइते भएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

शवको शनिवार बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएका प्रहरीले बताएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु