सोलुखुम्बुः रगत अभावहुँदा सुत्केरीको ज्यान गयो

शेयर गर्नुहोस्

सोलुखुम्बु– अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोताङ गाउँपालिका ५ की ३० वर्षीया गंगा बस्नेत रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार विहिबार सोताङ प्राथमिक अस्पतालमा अप्रेशन गरि छोरालाई जन्म दिएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राती नै जिल्ला अस्पताल फाप्लु ल्याउने क्रममा बाटैमा उनको ज्यान गएको हो ।

बस्नेतलाई ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको र सोताङमा उक्त रक्त समुहको रगत नभेटिएपछि जिल्ला अस्पताल फाप्लु रेफर गरिएको थियो । एम्बुलेन्स मार्फत राती नै फाप्लु ल्याईएका बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटैमा ज्यान गएको प्रमुख शेर्पाले बताईन् ।

चिकित्सकहरुका अनुसार रगत समयमा दिन सकेको भए सुत्केरीको ज्यान बच्ने थियो । पारिवारिक श्रोतले शिशुको अवस्था भने सामन्य रहेको जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु