गजल
१.
अँध्यरोमा उज्यालो घाम, खोज्न हिँडेकाहरु,
फर्केका छैनन् अझै काम, खोज्न हिँडेकाहरु ।।
विदेश जान्छु बा ! भनेर, आमालाई सोध्छन,
उहीँ मान्छे छैन आफ्नै दाम खोज्न हिँडेकाहरु ।।
हिटलर र यहुदीको कथा पढेर के जान्थ्यो र?,
विश्व युद्धमा बहादुरीको नाम खोज्न हिँडेकाहरु ।।
भोकले थला परेर बसेका छन् घरभित्रै लालाहरु,
अझै आईपुगेनन् र आमा साम खोज्न हिँडेकाहरु ।।
मलाला र “मनु“को विद्रोह उस्तै छन् निमुखालाई,
पर्ख नआए पनि राहतका लाम खोज्न हिँडेकाहरु।।
२.
तिम्रो र मेरो प्रेमदेखि दुनियाँले डाह गरून्,
सम्बन्धको डोरी हाम्रो जस्तो चाह गरून् ।।
घरकी गृहिणी अनि असल आमा हौ तिमी,
साथदिनि म छु र सबैले आह गरून् ।।
हाम्रो मनदेखिको माया देखी छक्क पर्दै,
सारा प्रेमी र प्रेमिकाहरु वाह गरून्।।
मायाको साईनो जति सुन्दर हुन्छ नि,
त्यति नै मिठो पनि हुन्छ सबैले थाह गरून् ।।
३.
होम गरीब हुँ म सँग दुख्ख र पीर कहाँ छ र,
माछीझै उनिनलाई दुख्खको झिर कहाँ छ र ।।
यहि हात हो वर्षौंदेखि भोट दिएको हजुरलाई,
तर गाउँको कुनामा मलाई चिन्ने कुन तिर कहाँ छ र ।।
म त सानो मान्छे हजुरलाई देख्ने औकात नै छैन,
सिधा आँखा पारेर हेर्ने म सँग शिर कहाँ छ र ।।
हुनेहरुलाई भोज पनि रोज पनि रोष पनि भयो,
खोई म सँग त छाक टार्न पन्यालो खिर कहाँ छ र ।।
गरीबको घरमा हुर्के पछि धनी त नाम मात्रै पनि छैन,
धनीको ध“ सम्म उच्चरण हुने मेरो तक्दिर कहाँ छ र ।।
४.
श्रमको शक्ति थाह हुदैन र पत्थर फुटेको बेला,
वियोगको घाउ थाह हुदैन र दिल टुटेको बेला ।।
मिलन के हो थाह नहुदै भो दैवको लिला पनि,
अनमोल रहेछ माया थाह भो सम्बन्ध छुटेको बेला ।।
अरु त के भन्नू र खोई साथ छोड्यो तिम्ले पनि,
मेरो निरीहमा त्यो निष्ठुर भगवानले पनि कुटेको बेला ।।
पर्नु थियो बज्रपात, वर्सनुथ्यो लाचारहरु आगोसरी,
तेसै तेसै निराशाको असिनाले यो छाती चुटेको बेला ।।
को हो आफन्त, को पराइ हुदोरहेछ थाह हुने रहेछ,
आफन्तको नाउमा “मनु“ आफन्तैबाट लुटेको बेला ।।
५.
यहाँ खुसी हुनेहरुसँग केवल केही तनाव नभएको होईन,
पर्याप्त धन हुनेहरुसँग मनको अभाव नभएको होईन ।।
समयले मान्छेलाई कहाँ देखि कहाँ सम्म पुराउँछ खोई,
हिजो अभाव सँग, आज जीवन सँग टकराप नभएको होईन ।।
बाँच्नलाई त केवल बाँचेको छु कंकालरुपी खोक्रो जिन्दगी,
यहाँ छाती भरमा तातो रगतको सराव नभएको होईन ।।
यता ठक्कर उता ठक्कर जिन्दगी ठक्करै–ठक्कर रहेछ,
साहुको ऋणको चक्करले जिन्दगी खराव नभएको होईन ।।
यता गए पैसा उता गए पैसा,जता पनि पैसै माग्छ जिन्दगीले,
अभाव टाल्न ऋण खोज्दा पनि “मनु सराप नभएको होईन ।।
युमन खालिङ (मनुहाङ किराँती “सोलु“)