नेचा सल्यानमा मेलमिलाप सम्बन्धी आधारभुत तालीम सम्पन्न

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेचासल्यान गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालीम सम्पन्न भएको छ । पौष २८ गतेबाट सुरुभएको तालिम आज विहिबार समापन भएको हो ।

नेपाल ईन्टरनेशनल ए.डि.आर.सेन्टर (NIAC) र नेचा सल्यान गाउँपालिकाको समन्वयमा संचालन गरिएको हो । तालीममा प्रत्येक एक वार्ड बराबर ३, जना र न्यायिक समिती सदस्य र जनप्रतिनिधी गरि २९ जनाको सहभागिता रहेको थियो, भने पुनः ताजकी तर्फ १९ जनाको सहभागिता रहेको थियो ।

गाउँघरमा हुनेगरेका घरायसी तथा समुदायका बिवादलाई सहजिकरण गरि मेलमिलाप गराई समाजमा शान्ति सुव्यवस्था कायम गर्ने यसको मुख्य उदेश्य रहेको बताईएको छ ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले तालिम उपलब्धीमुलक हुनेमा आफु विस्वस्त रहेको भन्दै सहभागिहरुलाई तालिममा लिएको ज्ञान सीपलाई लागुगर्नु पनि आग्रह गर्नु भयो । यस्तै, मेलमिलाप समन्वय समिती संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिना राईले तालिम निकै प्रभावकारी बनेको र अब तत्काल तालिम प्राप्त मेलमिलापकर्मिहरुलाई मेलमिलाप समन्वयमा सुचिकृत गराई प्रत्येक वडामा मेलमिलापको अधिकार प्रत्यायोजन गरीने प्रतिबध्दता पनि व्यक्त गर्नुभयो ।


तालीमको सहजीकरणको डा.कुमार शर्मा आचार्य र इन्टरनेशनल ए.डि.आर.सेन्टरका प्रबन्ध निर्देशक मातृका निरौलाले गर्नुभएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु