सल्लेरीकारागार र गुम्बा क्षेत्र सरसफाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीको जिल्ला कारागारदेखि थेक्छेन पेमा छोलिङ गुम्बा क्षेत्र सरसफाई गरिएको छ । बजार क्षेत्रमा फोहोर बढ्न थालेपछि माथिल्लो सल्लेरी गुम्वा टोल सुधार समितिको सक्रियतामा बिहीबार नगरपालिकाका वातावरण संयोजक मुना खत्रिको नेतृत्वमा सरसफाई गरिएको हो ।

आफ्नो टोल आफै सफा गरौं र सधैं सफा राखौं भन्ने द्येयका साथ कारागार परिसर देखि गुम्बासम्म सरसफाई गरिएको वातावरण संयोजक मुना खत्रिले जानकारी दिनुभयो । दिनदिनै बढ्दो मानविय चापसंगै बजार क्षेत्रमा फोहोर उत्सर्जन पनि बढीरहेको हुनाले समितिको पहलमा सफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा जनप्रतिनिधी, स्थानिय, नेपाल प्रहरी, नगर प्रहरी लगाएतको सहभागिता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु