सोलु सेर्गाका २५ कृषकलाई प्लाष्टिक टनेल, कृषक खुसिले हर्सित

शेयर गर्नुहोस्

सोलुखुम्बु– गैरसरकारी संस्था द स्मल वल्ड (टि.एस.डब्लु)ले सोलुदुधकुण्ड नगरपालिका ५ सेर्गाका २ दर्जन बढी कृषकलाई प्लाष्टिक टनेल वितरण गरेको छ ।
जिल्लामा शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले विश्वभर महामारिको रुपमा फैलिएको कोरोना कहरको बेला संस्थाले आशाको बीउ नामक परियोजना मार्फत जिल्लाका बिभिन्न स्थानमा पुगि कृषकहरुलाई तरकारीको बीउबिजन तथा टनेल हाउस निर्माण गरि बितरण गर्दै आएको छ । सोही आशाको बीउ परियोजना अन्तरगर्त मंगलबार एक कार्यक्रमकाबीच सोलुदुधकुण्ड नगरपालिका ५ शेर्गाका २५ घर कृषकलाई एक एक थानको दरले वितरण गरेको हो ।

उक्त टनेल सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ र संस्थाका अध्यक्ष शेर्पाले प्रदान गर्नुभएको हो । कृषकहरुको आर्थिक उपार्जन र तरकारीमा आत्मानिर्भर गराउने लक्ष्यका साथ परियोजनाले सामाग्रीसँगै टनेल हाउस निर्माण तथा तरकारी उत्पादनको लागि कृषि प्रविधिकको पनि व्यबस्था गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । उपमेयर तामाङले टनेलको भरपूर सदुपयोग गरि स्वस्थ रहन र आर्थिक उपार्जनमा आत्मनिरभर हुन कृषकहरुलाई आग्रह गर्नु भयो ।

संस्थाले अबको दोस्रो चरणमा तरकारीको विउ विजन उपलब्ध गराउने बताएको छ । टनेल प्राप्त गरेपछि आफुहरु निकै खुसी भएको कृषक पेम्बा शेर्पाले बताउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु