सोलुखुम्बु, राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

शेयर गर्नुहोस्

सोलुखुम्बु– राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता भोलीबाट सुरु हुँदैछ । जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा हुने विद्यालय स्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको तयारी सम्पूर्ण तयारी पूरा भएको पालिकाले जनाएको छ ।

प्रतियागितामा खुला वडा स्तरीय महिला तथा पुरुष भलिवल, डबल महिला पुरुष ब्याडमिन्टन, कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरु संचालन हुनेछन् ।
पालिका भित्र रहेका ६ वटा माध्यमिक र १ वटा आधारभूत गरि ७ वटा विद्यालयका खेलाडिहरुको सहभागिता रहने पालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

सटफुट, १०० मिटर र १५०० मिटरको दौड प्रतियोगिताको पहिलो दिन सोमबारनै बिहान ८ बजेबाट गराइने भएको छ । भलिबल तर्फ महिला १० र पूरुष १३ गरि २३ टिम गर्ताहुनआएको आयोजगले बताएको छ ।
वडास्तरीय खुला महिला तथा पुरुष भलिबलतर्फ समान पुरस्कार रासी पाउने छन् । जस्मा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ३० हजार, २० हजार र १५ हजार नगदको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्तगर्ने खेल संयोजक नवराज राई बताउनुभयो ।
यस्तै, खुला महिला पुरुष ब्याडमिन्टनतर्र्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाइ क्रमश १५ हजार, १० हजार र ६ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु