सोलु, हुँगा खोलामा बेवारिसे शव फेला

शेयर गर्नुहोस्

सोलुखुम्बु – जिल्लाको सोताङ गाउँपालिका ५ हुँदै बग्ने हुँगा खोलामा एक बेवारिसे शव फेला परेको छ ।

वडा ४ र ५ को बीच भाग हुँदै बग्ने उक्त खोलामा सडिसकेको अवस्थामा (बिहिवार) एक वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बिहीवार साँझ करिब ५ बजेका समयमा स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय सोताङमा खबर गरेका थिए ।

खबर पाए लगत्तै सोताङबाट खटिएको प्रहरी टोलि सो स्थानमा पुगि घटनास्थल सुरक्षित गरेको छ । शव सडेको कारण पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु