एड फर नेपालले माप्यका १५६ शिक्षक र विद्यार्थीलाई न्यानो ज्याकेट दियो

शेयर गर्नुहोस्

सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा ३ का २ विद्यार्थी र १४ शिक्षकलाई न्यानो ज्याकेट वितरण गरिएको छ ।

वडाको पध्मकन्य आधारभुत विद्यालय र सिद्धकाली आधारभुत विद्यालयमा अध्ययन रत विद्यार्थी र सोही विद्यालयमा अध्यापन गराउने शिक्षकलाई एड फर नेपाल संस्थाले ज्याकेज वितरण गरेको हो ।

चिसो याम सुरुभएसँगै चिसोको कारण पठन पाठनमा दखल नपुगोस भन्ने हेतुले वितरण गर्रिको संस्थाका अध्यक्ष एवं टानका पूर्व अध्यक्ष चोलेन्द्र बहादुर कार्कीले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राई, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र यादव वडा जनप्रतिनिधी लगाएको उपस्थिति रहेको थियो । न्यानो ज्याकेट प्राप्त भएसँगै यसले पठन पाठनमा थप सहयोग पुगेको भन्दै शिक्षक र विद्यार्थीले खुसी व्यक्त गरे ।


शेयर गर्नुहोस्

अन्य खबरहरु