शिक्षक तालिम लिने पहिलो जनप्रतिनिधी बने: बस्नेत

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेत शिक्षक तालिम लिने पहिलो जनप्रतिनिधी हुनुभएको छ ।
वडा शिक्षा समितिको संयोजक वडा अध्यक्ष हुने हुँदा वडाको शिक्षालाई सुधार गर्न आफ्नो प्रमुख प्राथमिकता रहेकोले शिक्षा सुधार गर्न आफूमा पनि ज्ञान आवश्यक हुनुपर्ने महसुश भएको हुँदा तालिममा सहभागी भएको उहाँको भनाई छ ।
रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको सयुक्त आयोजनामा ५ दिने आधारभूत तहका शिक्षकको क्षमता अभिवृद्धि तालिम थुलुङ दुधकोशीको वीरेन्द्रोदय माविमा पौष ७ गते देखि ११ गतेसम्म संचालन भएको थियो । तालिममा अंग्रेजी, सामाजिक, गणित, विज्ञान र प्रविधिका विषयवस्तु समेटिएका थिए।

तालिम पस्चात आफुले धेरै कुरा सिकेको र अब वडाभित्ररहेका विद्यालयमा प्रयोगात्मक रुपमा प्रविधिको माध्यमबाट बालमैत्री ढंगले शिक्षण गर्नगराउन आफूलाई धेरै सहज हुने बताउनुभयो । साथै उहाँले अन्य जनप्रतिनिधीहरुलाई पनि तालिम लिन सुझाउनुभयो ।

तालिममा ३५ विद्यालयका ९१ जना शिक्षकहरुको सहभागिता रहेको थियो तालिम समापनमा रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले रीडको तर्फबाट वडा अध्यक्ष बस्नेतलाई तालिममा सक्रियताका साथ सहभागी भएको भन्दै सम्मान गर्नुभएको थियो । यसरी पुरै सहभागीको रुपमा अध्यक्ष नै सहभागी भएको यो पहिलो भएको बताउनुभयो । यो सहभागिताले आफुलाई हौसला मिलेको र अन्य सहभागीहरु पनि थप उर्जा मिलेको संयोजक गिरीले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु