आगलागि पिडितका लागि टोल स्तरिय राहत संकलन समिति गठन

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा भएको भिषण आगलागि पिडितहरुका लागि राहत सहयोग संकलन समिति गठन गरिएको छ ।

आगलागि पिडितहरुलाई सहयोग गर्ने ध्ययले आज सोमबार वडा अध्यक्ष महेन्द्रदिप राईको अध्यक्षतामा बसेको वडा कार्यसमितिको बैठकले राहत सहयोग टोल समिति गठन गरेको हो ।

बैठकले टोल विकास संस्थामा अध्यक्ष संयोजक र सोही स्थानका सामाजिक अगुवामाध्य एक जना सह संयोजक साथै वडा जनप्रतिनिधी र टोल बिकास संस्थाका पदाधिकारीहरु सदस्य रहनेगरि समिति गठन गरिएको वडा अध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो ।

वडा नम्बर ६ मा जम्मा १० वटा टोल विकास संस्थामा रहेका छन् । गत पुस ५ गते भएको आगलागि नेले बजारका ५ घरमा क्षेति पुग्दा ४ करोड ७२ लाख बराबरको क्षतिभएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु