कुलुङ विद्यार्थी संघको अध्यक्षमा नरेन्द्र कुलुङ सर्वसम्मत

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल किरात कुलुङ विद्यार्थी संघ सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र कुलुङ सर्वसम्मत चयन भएका छन् । आज सल्लेरीमा सम्पन्न पाचौं जिल्ला अधिवेशनबाट कुलुङको नेतृत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा राम कृष्ण कुलुङ, महिला उपाध्यक्षमा सबिता कुलुङ, सचिवमा चित्र बहादुर कुलुङ, सह–सचिवमा सुजन कुलुङ सर्वसम्मत चयन भएका हुन् । द्धितिय सह–सचिवमा महेश कुलुङ, र कोषाध्यक्षमा इसानी कुलुङलाई चयन गरिएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु