सोलुखुम्बुमा ३२ वर्षपछि एमालेको झण्डा फहरायो

शेयर गर्नुहोस्

सोलुखुम्बु — सोलुखुम्बुमा नेकपा एमालेले ं३२ वर्षपछि आफ्नो जित निकालेको छट । गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई २७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राईले जित निकालेका हुन् ।

जिल्लामा खसेको कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत प्राप्त गरेका थिए । उता बामलोकतान्त्रीक गठबन्धनका साझा उमेद्वार पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मत मात्र पाएका थिए ।
०४८ सालयताका ७ मध्ये ५ वटा चुनावमा बलबहादुर केसीसँगै प्रमुख प्रतिस्पर्धी भएर पराजय बेहोरेको एमालेले २०७९ मा आएर भने सहज जित हात पारेको छ ।

यस्तै, दुईवटा प्रदेशसभाको क्षेत्र रहेको जिल्लामा प्रदेशसभा १ क मा भने बामलोकतान्त्रिक गठबन्धनका साझ उमेद्वार नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा (कज्र्याङ) निर्वाचित भएका छन् । प्रदेशसभा १ ख मा नेकपा एमालेका प्रदेश सचेतक समेत रहेका बुद्धि कुमार राजभण्डारी निर्वाचित भएका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु