खुकुरी प्रहारबाट सोताङमा एक जना गम्भीर घाईते

शेयर गर्नुहोस्

सोलुखुम्बु – जिल्लाको सोताङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

घाइतेहुनेमासोताङ गाउँपालिका ५ खबुवाका अन्दाजी ३२ वर्षीय मन कुमार राई रहेको प्रहरीले जनाएको छ । शनिबार राति करिब ११ बजेको समयमासोही ठाउँका ४० बर्षीय दिल कुमार राईले आपसी विवादमा खुकुरी प्रहरगरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार खुकुरी प्रहारबाट मन कुमारको टाउकोमा गम्भीर चोट लागेको छ । राईको सोताङ प्राथमिक अस्पतालमा सामान्ने उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

खुकुरी प्रहार गर्ने दिल कुमारलाई प्रहरीले पक्राउ गरि जिल्ला ल्याउदै गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । दिल कुमार र मन कुमार साइनोले काका भतिज हुन ।


शेयर गर्नुहोस्

अन्य खबरहरु