ट्रेकिङ हिनेका एक युवाको बरुन्चे बेस क्याम्पमा मृत्यु

शेयर गर्नुहोस्

सोलुखुम्बु – सोलुखुम्बुमा ट्रेकिङ हिनेका एक युवकको ज्यान गएको छ ।

क् काठ्माडौंबाट ट्रेकिङका लागि आएका सोलुदुधकुण्ड नगरपालिका १ रिङमुका २६ वर्षीय अम्बर विश्वकर्माको महाकुलुङ गाउँपालिका १ बरुन्चे बेस क्याम्पमा (बधबार) विहान साडे ४ बजे ज्यान गएको हो ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार विश्वकर्मा चम्पा ट्रेकिङ प्रा.लि. मार्फत थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । हेलिकप्टर मार्फत सल्लेरी ल्याइएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु