प्याराग्लाइडिङ दुर्घटना हुँदा क्याप्टेनको ज्यान गयो

शेयर गर्नुहोस्

कास्की – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएको छ ।

आज आइतवार पोखराको सराङकोटमा आकाशमा उडिरहेको अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्सेको थियो । प्याराग्लाइडिङ दुर्घटनामा पोखरा–१० अस्पताल चोकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चोकमा रहेको मेट्रो सिटी अस्पताल पु¥याइएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए । खेलाडीको मृत्यु भएपछि सम्पूर्ण प्याराग्लाइडिङ्गको खेल स्थगित भएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु