ओखलढुंगामा श्रीमतीको हात्याआरोपमा सोलुका राई पक्राउ

शेयर गर्नुहोस्

ओखलढुंगा– ओखलढुंगाको सिद्धीचरण नगरपालिका ११ सोब्रुमा एक महिलाका हत्या भएको छ ।
प्रहरीका अनुसार श्रीमान रामबहादुर राईले चिरपटबाट प्रहारबाट ३३ वर्षीया कल्पना खड्का राईको ज्यान गएको हो । श्रीमान श्रीमतीवीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिरपट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दाशले जानकारी दिनुभयो ।

सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घरभई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएका आरोपित ६६ वर्षिय राईलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भएपनि स्थानीयले प्रहरीलाई शनिबार विहान मात्रै खबर गरेका थिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु