माओवादीले सोलुखुम्बु केसीलाई छाड्न माओवादी तयार

शेयर गर्नुहोस्

काठमाडौं–सोलुखुम्बुको प्रतिनिधिसभामा माओवादी केन्द्रले नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई छाड्ने भएको छ ।

लामो समयसम्मको छलफल पश्चात माओवादी केन्द्रले काँग्रेसलाई छाड्ने भएको हो । २०७४ मा हेमकुमार राई ‘शुरवीर’ यहाँबाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनको भागबण्डामा सोलुखुम्बुको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको थियो । तर कांग्रेसको जोडबलमा माओवादीले सोलुखुम्बुको प्रतिनिधिसभा छाडेर प्रदेशसभाको दुबै क्षेत्र लिने सम्भावना बढेको छ ।

एक नेताका अनुसार भन्छन्, ‘प्रदेशका दुबै सिट लिएर केन्द्र छाड्नेबारे छलफल भइरहेको छ । त्यही नै हुन्छ होला ।’

माओवादीले सोलुखुम्बुको प्रतिनिधिसभा छाडेमा मोरङ क्षेत्र नम्बर ६ को ख पनि दिन कांग्रेस नेतृत्व तयार छ । यो क्षेत्रमा माओवादीका जीवन आचार्य सम्भावित उम्मेदवार हुन् । उनी प्रचण्डका ज्वाइँ पनि हुन् ।अनलाईन खबरमा प्रकासित ।।


शेयर गर्नुहोस्

अन्य खबरहरु