घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यानगयो

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको महाकुलुङ गाउँपालिका १ मा भिरबाट लडेर एक महिलाको ज्यानगएको छ ।

महाकुलुङ गाउँपालिका १ बोल्तोस्मका ४३ वर्षिया शान्ति कुलुङको घाँस काट्ने क्रममा बुधबार दिउसो भिरबाट लडेर ज्यानगएको हो । जङ्गलमा घाँस काट्न भनेर हिडेका राई अबेर सम्मपनि घर नआए पछि आफन्तहरुले खोज्ने क्रममा वालिखा जंगलको भिरबाट करिब १५० मिटर तल खसेर मृत अवस्थामा फेलापारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घट्नाबारे बिहिबार विहान करिब ५ बजेको समयमा प्रहरी चौकी बुङलाई जानकारी प्राप्त भएको र सुचना प्राप्त हुनसाथ प्रहरी चौकी बुङबाट प्रहरी साहयक निरीक्षकको कमाण्डमा टोली घटना स्थानमा पुगेको थियो । साथै, अनुसन्धान तथा कानुनीप्रकृयाको लागी ईलाका प्रहरी कार्यालय सोताङ बाट प्रहरी निरीक्षकको कमाण्डको टोली खटाएको जिल्लाप्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु