माप्य ५ मा एक दिने मोतिविन्दु शिविर, १४४ जनाले सेवा लिए

शेयर गर्नुहोस्


सोलुखुम्बु– जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ बाट मोतिविन्दु छनौंट शिविर सुरु भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आँखा प्रतिष्ठान काठ्माडौंको संयुक्त आयोजना तथा वडा नम्बर ५ को सहकार्यमा संचालन भएको शिविरमा १४४ जनाले सेवा लिएका छन् ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आँखा प्रतिष्ठान काठ्माडौंको संयुक्त आयोजना सुरु भएको पहिलो दिन शनिबार ७ जनाको मोतिविन्दुका विरामीहरुको छनोैट गरिएको नेत्र अधिकृत दिनेश राईले जानकारी दिनुभयो । छनौट भएको मोतिविन्दु विरामीहरुको आगामी असोज २४ र २५ गते जिल्ला आँखा केन्द्र फाप्लु संचालन हुने शिविरमा नि–शुल्क शल्यकृया गरिने नेत्र अधिकृत राईले बताउनुभयो ।

मानव जिवनमा आँखा महत्वपूर्ण अङ्ग भएको र यसको समस्याबाट जिल्लाका नागरिकहरु कोहि पनि पिडित नहुन भन्ने द्येयका साथ जिल्लाको विभिन्न स्थान शिविर संचालन गर्न लागिएको केन्द्रले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु