कलाकार जुगेँ भट्टराई बसभित्रै सदाका लागि अस्ताय

शेयर गर्नुहोस्

काठ्माडौं– नेपाली चलचित्र क्षेत्रका एक हस्ती उद्धवराज भट्टराईको निधन भएको छ । आज बिहान उहाँको निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिनुभयो।

नेपाली फिल्म क्षेत्रमा ५ दशकदेखि भेषभुषा डिजाइन, कला निर्देशकको रुपमा काम गर्नुभएका भट्टराई जुगेँ भट्टराईको रुपमा चिचिनुहुन्थ्यो । अध्यक्ष लामाले दिनुभएको जानकारी अनुसार पछिल्लो दिनमा भट्टराई आफ्नै घर बैतडीमा बस्दै आउनुभएको थियो । ज्वरो आएपछि ६६ वर्षीय भट्टराई उपचारका लागि रात्री बसमा काठमाडौं आउँदै हुनुहुन्थ्यो ।

शनिबार बिहान ४ बजे चितवन आइपुगेका बेला बसमै उहाँको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष लामाले बताउनुभयो । लामाका अनुसार अहिले भट्टराईको शव काठमाडौं ल्याइँदै छ । पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी छ । अन्त्येष्टि अगाडि आर्यघाटमा दिउँसो १ बजे बाट ३ बजे सम्म श्रद्धाञ्जली कार्यक्रम राखिएको लामाले जानकारी दिनुभयो ।

चलचित्रमा चाहिने पुराना भेषभुषा बनाउनका भट्टराई अब्बल हुनुहुन्थ्यो । लामाका अनुसार कलाकारलाई पूराना सैनिक पोशाकले सिगार्न, ढाल, तरबार जस्ता पुराना हतियारको सवाजट बनाउन भट्टराईकै खोजी हुन्थ्यो । उहाँले नेपाली सेनाको गुर्जु पल्टनमा पुराना कलाकृति बनाउने काम समेत गर्नुभएको थियो ।

थुप्रै पुरस्कार, तथा विभूतिबाट समेत विभूषित भट्टराईको नेपाली फिल्मको प्राविधिक क्षेत्रमा ठूलो योगदान रहेको अध्यक्ष लामाले बताउनुभयो। उहाँको परिवारले राष्ट्रिय सम्मानसहित अन्त्येष्टि होस् भन्ने चाहेको र त्यसका लागि पहल भइरहेको लामाले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु