किरात राई पत्रकार संघ सोलुको अध्यक्षमा गार्डेन राई सर्व सम्मत

शेयर गर्नुहोस्

सोलुखुम्बु– किरात राई पत्रकार संघ जिल्ला शाखा सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सल्लेरीमा डि वि खालिङ्गको अध्यक्षतामा सम्पन्न चौथो जिल्ला अदिवेशनबाट राईको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रदिप नाछिरिङ्ग राई, सचिवमा सोनी राई, र कोषाध्यक्षमा पवित्रा राईलाई सर्व सम्मत चयन गरेको हो । यस्तै स–सचिवमा सविना राई, सदस्यमा नविन राई र मिलन कला राईलाई चयन गरेको छ ।

पत्रकारितामा आबब्द रहेका राई पत्रकारहरुको हकहितका लागि काम गरिरहेको संघको ५ औं केन्द्रिय महादिवेशनको लागि जिल्ला प्रतिनीधिको समेत छनौट गरेको छ । भेलाले महादिवेशन प्रतिनीधिमा डि वि खालिङ र अशोक राईलाई चयन गरेको छ । संघको केन्द्रिय महादिवेशन भदौ ३१ गते काठ्माडौंमा हुन गइरहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु