नेकपा एसले संघीय उम्मेदवारमा लामाको नाम सिफारिस ग¥यो

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुन गईरहेको संघीय उमेद्वारमा आङ्ङिमा लामाको नाम सिफारिस गरेको छ ।

शनिवार बसेको पार्टीको सचिवालय बैठकले संघ, प्रदेशको लागि उमेदवार तय गरेको हो । बैठकले संसद अन्तरगत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ लामाको नाम एकल सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ भने आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ ।

त्यस्तै, दुई वटा प्रदेस सभा क्षेत्र रहेका जिल्लामा प्रदेस सभा ‘क’ बाट प्रत्यक्षमा डिल्लीबहादुर राई, भिमकुमार शर्मा र हेरम्बराज बाँस्तोला सिफारिस भएका छन् भने समानुपातिकतर्फ प्रदेस सभा ‘क’ का लागि मोहनकुमारी भट्टराई बाँस्तोला र रामकुमार राईलाई सिफारिस गरिएको छ ।

यता, प्रदेस सभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जीशुसिल शेर्पा र समानुपातिकतर्फ जिल्ला अध्यक्ष दोर्जीजाङ्बु लामा र सन्तोष थापामगरको नाम सिफारिस गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु