भदौ ३ गतेबाट सोलु सामुदायिक अस्पताल सञ्चालनमा ल्याईदै

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलु सामुदायिक अस्पताल आगामी भदौ ३ गते देखि सञ्चालनमा आउने भएको छ ।
अस्पतालका प्रमुख डा. राजेन्द बस्नेतका अनुसार सोदुुधकुण्ड नगरपालिका ६ छुल्यामु स्थीत भवन निर्माणको काम ९० प्रतिशत सकिएकाले भदौ तीन गतेदेखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागरिकले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण सेवाका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्ने द्येयका साथ सुविधासम्पन्न अस्पतालको संरचनाको काम भईरहेको छ ।

१५ शैया क्षमताको अस्पताल साढे ३ करोडको लगानीमा निर्माण भएको हो । भदौ ३ गतेबाट यहि भवनबाट नागरिकको सेवा सुरु गर्ने र एक वर्षभित्र त्यसलाई बढाएर ३० शैयाको बनाउने अस्पतालको योजना रहेको र पाँच वर्षभित्रमा सिटिस्क्यानसहित एक सय शैयाको सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको अस्पतालका कार्यकारी प्रमुख क्षितिज नकर्मीले बताउनुभयो ।

मुनाफा रहित अस्पतालले सिटिस्क्यान, सर्जरी, एक्सरे, अल्ट्रासाउनलगायतका सेवा प्रदान गर्ने अस्पताल प्रमुख बस्नेतले बताउनुभयो । यस्तै उहाँले‘हामी नाफामूलक नभई सेवामुलक भावनाले अस्पताल सञ्चालन गर्न लागिरहेका छौँ, अब छिट्टै हामी नागरिकलाई सुविधासम्पन्न भवनबाट सेवा दिदैछौँ ।’

निटक भविष्यमै मेडिकल कलेज सञ्चालनका लागि सोलुदुधकुण्ड नगरपालिका ७ नाजिङमा १२ रोपनी जग्गा समेत लिइएको कार्यकारी प्रमुख नकर्मीले बताउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु